अबैध यार्सासहित पक्राउ



काठमाडौ(नेस) । अवैध रुपमा बिक्री बितरणको लागि बोकेर हिडीरहेको अवस्थामा १ किलो यार्सागुम्बा सहित ३ जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिकोट तिलागुफा नगरपालिका–३ घर भई काठमाडौं क्षेत्रपाटी बस्ने राज हमाल, कैलाली टिकापुर नगरपालिका–१ घर भई काठमाडौं काँडाघारी बस्ने नरीलाल कोईराला र जुम्ला सिन्जा घर भई काठमाडौं नयाँबसपार्क बस्ने दानबहादुर रोकाय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्