डा. श्रीवास्तवको पुस्तक बजारमा



काठमााडौ, नेस) । ‘बच्चा हुनु भनेको बाबुआमाको मुटु बाहिर देखिनु जस्तै हो । बच्चााले घाँटीमा हालेको अंगालो आमाको लागि सर्वाेत्कृष्ण गहना हो । बच्चा नभएको घर भुतको घर जस्तै सुनसान र एकलासको हुन्छ ।

निसन्तान हरुले सन्तान पाउदाको सुख र दुःखको बारेमा लेखिएको किताब ‘सन्तान सुख’ बाट माथिको पंक्ति लिइएको हो । सन्तान सुखको हालै लोकापर्ण भएको छ । गोकर्ण गल्फ रिसोर्टमा आयोजित कार्यक्रममा डक्टर उमा श्रीवास्तवद्वारा लेखिएको पुस्तक बरिष्ठ चिकित्सिक एलबी थापाले लोकापर्ण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै डा. थापाले नेपाली जनमानसमा यस्तो खालको पुस्तक आउनु पर्ने थियो आयो भन्दै खुशी ब्यक्त गर्नु भयो । उहांले भन्नुभयो – ‘नेपालमा डक्टरहरुले आफ्नो अनुभव लेख्नै पर्ने थियो । त्यो काम डा. उमा श्रीवास्तवले गर्नुभएको छ । साहित्य र चिकित्सा क्षेत्रलाई उहांले गुन पनि लगाउनुभएको छ ।

डा. भोला रिजालले निसन्तानको लागि आफु पनि लामो समय काम गरिहरकोे तर लेखनको लागि समय निकाल्नै गाह्रो हुने गरेको थियो तर डक्टर उमाले समय निकालेर राम्रो काम गरेको जानारी दिनुभयो । आफुहरु सबैलाई छक्क पार्ने गरि आएको यो पुस्तक आफुले पढेको र निकै रोचक लागेको बताउनु भयो ।

कार्यक्रममा डा. सानुमैया दलीले डा. उमालाई हिजो भेटे जस्तो लाग्छ आज उमाले खोलेको निसन्तान केन्द्रले २५ बर्ष मनाईकन आफ्नो बारेमा पुस्तक लेखेर आश्चर्यमा पारेको बताउनु भयो । लेखन र प्रकाशनमा सहयोग गर्ने संस्था घोष्ट राईटिंग नेपाललाई पनि धन्यवाद दिनु भयो ।

लेखक डा. उमा श्रीवास्तवले आफुले आफ्नो भोगाई समिटिएको पुस्तक सन्तान सुख आफ्नो लागि भन्दा पनि निसन्तान दम्पतिले घचघचाएकोले लेखेको बताउनु भयो । ‘यो पुस्तक लेख्दा आफुले निसन्तान दम्पतिलाई धेरै पल्ट सम्झेको र उनीहरुको लागि दस्तावेज बन्न सक्छ भनेर लेखेको हो ।’

पुस्तक लेखन र प्रकाशन गरेको संस्था घोष्ट राईटिंग नेपालका अध्यक्ष कमल ढकालले मान्छेका कथा आफुहरुलाई आश्चर्य चकित , अप्रत्याशित र अनौठो लाग्ने हुनाले आफुहरु त्यसमा लागिपरेको बताउदै पुस्तक नेपाली पाठक र बजारको लागि नयाँ स्वाद हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्