इटालीमा नेपाली राष्ट्रिय झण्डा फहराइयो



काठमाडौं, (नेस)
इटालीमा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ । इटालीको ट्रेण्डो प्रदेशमा रहेको रोभेरेटो शहर स्थित मारिया डोलेन्स ‘बेल अफ द फलन’ मा नेपाली झण्डा फहराइएको हो । इटालीका लागि गैरआवासीय राजदुत दीपक धितालले पिस बेल फाउण्डेसनका प्रमुख संरक्षक सीनेटर अलबर्टो रोबर्टरलाइ झण्डा हस्तान्तरण गर्नुभएको हो ।

पिस बेल फाउण्डेसनका प्रमुख संरक्षक सीनेटर अलबर्टो रोबर्टरले झण्डा राख्ने मध्ये ९१ औं देशमा परेको भन्दै शान्ति भाइचारा र आपसि समझदारीका लागि उक्त स्थान मीनी यूनाइटेड नेसनका रुपमा विकसीत हुदैं गएको बताउनुभयो ।

यस्तै नेपालको झण्डाले बिदेशी पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरीत गर्ने इटालीका लागि गैरआवासीय राजदुत दीपक धितालले बताउनुभयो । उहाँले गौतमबुद्ध जन्मेको देशको तर्फबाट विश्व शान्ति र भाइचारा प्रति ऐक्यवद्धता जनाउने प्रतिकात्मक घण्ट भएको मिरावेल हिलमा नेपालका झण्डा स्थापित गराउन पाउँदा खुसी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्