एसओएसको ३२ औं अन्तर्राष्ट्रिय दिवस सम्पन्न



काठमाडौ । एसओएसले आफ्नो ३२ औं अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।

एसओएस दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने युवालयका बालबालिका र युवाहरुलाई वितरण गरियो ।

सो अवसरमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङ, महिला विकास प्रमुख शोभा शाह, वरिष्ठ पत्रकार पूर्णलाल चुके,नेपालगन्ज उपमहानगरपालिका १८ का वडा अध्यक्ष दीपक वर्मा लगायतले विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने युवालयका बालबालिका र युवाहरुलाई वितरण गर्नु भयो ।

राज्यले बहन गर्नुपर्ने जिम्मेवारी बहन गर्दै आएको एसओएसलाई विदेशी नागरिकहरुको मात्र सहयोगमा निर्भर नभई नागरिक स्तरबाट पनि सहयोग दिएर एसओएसको महान अभियानमा हातेमालो गर्न र आत्मनिर्भर गराउने तर्फ सबैले सोंच्नु पर्छ ।

‘संसारका सबै बालबालिकाहरु हाम्रा आफ्नै बालबालिका हुन्छ भन्ने अवधारण र उद्देश्यका साथ डा. हर्मन माइनरले १९४९ मा अष्ट्रियामा पहिलो बालग्राम स्थापना गरिएको एसओएस नेपालमा भने १९६८ मा उहाँको नेपाल भ्रमणका क्रममा स्थापित गरिएको हो ।

विभिन्न कारणले आमाबाबु गुमाएका बालबालिकाहरुलाई संरक्षण दिएर उनीहरुको पालनपोषण, शिक्षादीक्षाका साथै उनीहरुको मानसिक, शारीरिक तथा वौद्धिक विकास गर्दै उनीहरुलाई वैवाहिक जीवनमा प्रवेश गराउँदै आएको एसओएसको नेपालगन्जले मात्र हाल ८८ जनालाई पारिवारिक वातावरणमा संरक्षकत्व र पारिवारिक वातावरण प्रदान गर्दै आएको छ । नेपालगन्जको बेलासपुरमा महिला छात्रावास र कारकाँदोमा पुरुषहरुको लागि युवालय संचालन गरिएको छ ।

त्यहाँ आश्रित बालबालिकाहरु विभिन्न शैक्षिक संस्थामा अध्ययन गरिरहेका छन् भने कतिपयले रोजगारी पनि गर्दै आएको एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तामाङ, महिला विकास प्रमुख शाह, वरिष्ठ पत्रका चुके, वडा अध्यक्ष वर्मा, निल सागर वृद्धाश्रमकी अध्यक्ष सरिता खनाल, सचिव अमन सुवेदीले शुभकामना तथा एसओएसकी सपनाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

एसओएसका सुपरभाइजर लक्ष्मण कार्की र टेकेन्द्र बोहराले सञ्चालन गरेको सो अवसरमा एसओएसका बालबालिका र युवाहरुले रोचक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्