भूकम्प प्रतिरोधी घर निर्माणका लागि इन्जिनियरलाई तालिम



नेपाल समाचारपत्र, ललितपुर
भूकम्प प्रतिरोधी घर निर्माणमा टेवा पु¥याउने उद्देश्यले ललितपुर महानगरपालिकाले इन्जििनियरहरुका लागि (प्रबलीकरण) रेक्ट्रोफिटिङ तालिम सञ्चालन गरेको छ ।

महानगरपालिकामा भूकम्पले आंशिक क्षति भएका र भवन निर्माण आचारसंहिता अनुरुप घर नभत्काई प्रबलीकरण गर्ने अभियान चलाउन सो तालिम सञ्चालन गरिएको हो ।
नक्सापास नगरीकन बनाइएका भवन र भूकम्प प्रतिरोधी नभएका भवनको रेक्ट्रोफिटिङ गर्न अभियानका लागि तालिम सहायक सिद्ध भएको महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख लामिछानेले जानकारी दिनुभयो ।

महानगरपालिकाले २०५९ सालमा भवन निर्माण आचारसंहिता लागू गर्दा सरकारले भवन निर्माण सम्बन्धी कुनै आचारसंहिता लागू गरेको थिएन ।सरकारले २०६२ सालमा भवन निर्माण आचारसंहिता लागू गरेको थियो ।

‘शुरुमा घरको पिलरको चौडाई ९ इन्च र मोटाई १२ इन्च गर्नुपर्ने नियम थियो । त्यतिबेला चौडाई ९ इन्च र मोटाई ९ इन्चको मात्र फर्मा पाउ“दथ्यो । त्यसको गर्दा आचारसंहिता कार्यान्वयन गर्न सकेन ।’महानगरपालिका शहरी विकास महाशाखाका प्रमुख रुद्र गौतमले भन्नुभयो ।

महानगरपालिकाले बैशाख १२ को विनाशकारी भूकम्पपछि लागू गरेको आरसीसी विल्डिङ आचारसंहिता अनुसार घरको पिलर चौडाई र मोटाई १२ इन्च हुनुपर्ने छ । पिलरको नया“ मापदण्ड अनुरुप घरको स्टक्चरलन नक्सा बनाउन ६ सय इन्जिनियरहरुलाई अनुमति पत्र प्रदान गरिएको थियो ।

तर यो आचारसंहिता पनि करिब ३० प्रतिशतले पालना नगरेको शहरी विकास महाशाखाले जनाएको छ । ‘यो आचारसंहिता लागू नगरीकन नक्सापास नै हु“दैन । नक्सापास गर्न चाहेमा यो आचारसंहिता लागू गर्नुपर्ने हुन्छ ।आचारसंहिता लागू गर्न पनि निकै चुनौती रहेको छ ।’ महाशाखा प्रमुख गौतमले भन्नुभयो ।

आचारसंहिता जारी गर्नु नै लागू गर्नको लागि पर्याप्त नभएपनि भूकम्प प्रतिरोधी भवन बनाउनको लागि एउटा अग्रसरता मात्र रहेको पनि महाशाखा प्रमुख गौतमको भनाई रहेको छ ।काठमाडौं उपत्यका भूकम्पीय जोखिम मापन परियोजनाले गरेको सर्वेक्षण अनुसार ललितपुरमा हाल बनेका करिब ५० प्रतिशत घरहरु भूकम्प प्रतिरोधी छैनन् ।

त्यस्ता घरहरु भत्काउन सकिने निकै खर्चिलो हुने गरेको र सो क्षमता स्थानीय तहसंग नभएको जनाउ“दै महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख हरिश्चन्द्र लामिछानेले ‘यस अवस्थामा घरको कुन कुन भागहरु बलियो छ, कुन कमजोर छ भनेर छुट्टयाएरु रेक्ट्रोफिटिङ गर्न सकिन्छ ।यही कार्य गर्न तालिम सञ्चालन गरिएको हो ।’

तालिममा प्रत्येक वडाबाट २० वटा वडाबाट १÷१ गरी २० जना र बा“की नगरपालिकामा सूचीकृत भएका कम्पनीका १५ जना गरी ३५ जनाको सहभागिता रहेको छ । ९ वडा वडाबाट सहभागी भएको छैन । तीन दिने तालिम मंगलबार समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस्