पत्नीसँग रिसाएका राम मृत भेटिए



वीरगन्ज, (नेस)
वीरगन्ज महानगरपालिकाका एक ब्याण्ड माष्टरको मृत्यु भएको छ ।
नेपाल टेलिकमको मूल गेटदेखि पछाडि इनर बाइपास जाने बाटोको गल्लीमा सोमबार विहान गहवा निवासी भिखारी रामको शव फेला परेको प्रहरीले जानकारी दिएका थिए । उनी पशुपति व्याण्डमा मास्टरका रुपमा कार्यरत थिए ।

रामका परिवारका अनुसार मादक पदार्थ सेवन गरेका उनी राति ११ बजे घरबाट निस्केका थिए । प्रहरी नायब उपरीक्षक मानबहादुर राईले शव फेला परेको घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।‘पशुपति ब्याण्डका मास्टर भिखारी रामको शव फेला परेको छ , मादक पदार्थ सेवन गरेका उनी राति श्रीमतीसँग झगडा गरेर घर बाहिर निस्किएको भन्ने खुल्न आएको छ’ उनले भने ‘शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ ।

घटनास्थल नजिकै स्थानीय एक जना व्यक्तिको घरमा सिसिटिभी क्यामेरा जडान रहेको भए पनि घरधनी बाहिर रहेकोले हेर्न नपाएको उनले बताए ।घटनाको बिषयमा आवश्यक अनुसंधान जारी रहेको पनि उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्