भीरबाट लडेर महिलाको मृत्यु



डोटी, (नेस)
डोटीमा घास काट्न गएको बेलामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार भिरबाट लडेर ज्यान गुमाउनेमा डोटीको आदर्श गाउँपालिका ७ दडिमाना बस्ने बर्ष २० की देबि विष्ट रहेकी छन् ।

घर नजिकैको जंगलमा घास काट्न गएका बेला आईतबार साँझ भिर बाट लडेर उनको ज्यानको हो । घटना स्थल सदरमुकाम बाट टाढा भएकाले घटना भएको बारे सोमबार मात्रै जानकारी प्राप्त भएको डोटी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्