बालविवाहविरुद्ध टोल–टोलमा प्रहरी अभियान



कालीवहादुर मल्ल, कालिकोट
समाजिक रुपमा निन्दनीय र कानूनी रुपमाले दण्डनीय मानिने बालविविव, वहुविवाह, छाउपडी प्रथा, जातीय विभेद लैंगिक हिसा, लागुऔअध दुव्र्यसनीलगाएतका कुप्रथाको अन्त्यका लागि प्रहरीले टोल टोलमा प्रहरी अभियान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजनामा जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाका ११ वडामा १७ वटा टोलि वनाई प्रहरीले कार्यक्रम गरि रहेको कालिकोटका प्रहरी प्रमुख डिएस्पी सुवाशचन्द्र वोहोराले वातए । उनका अनुसार प्रहरीहरुको टोली टोल टोल, स्कूल स्कूलमा पुगेर सामाजिक विकृतिका विरुद्धमा जनाचेताना जोगाइ रहेका छन ।

प्रत्येक टोलमा वहुविवाह, वालविवाह, छाउपडी प्रथा अन्त्यका लागि स्थानीयहरुलाई भेला गराएर चेतनामुलक पोष्टर पम्पिलेट वितरण गर्ने,यसका विरुद्ध प्रवचन कार्याक्रम सञ्चालन गरिरहेका छ । विद्यालयमा पुगेर लागु औषध दुव्र्यसनीमा फसेका वालवालिका, युवायुवतिहरुलाई समेत सचेतना जोगाइरहेका छन ।

खाँडाचक्र नगरपालिकामा सञ्चालन भइरेको अभियानलाई जिल्ला प्रहरी कार्यालयको अगुवाइमा स्थानीय जनप्रतिनिधि सहित जिल्लाका अन्य स्थानीय तहमा पनि विस्तार गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय र सरोकावाला विच आइतवार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न समन्वय वैठकमा जिल्लाका तिलागुफा नगरपालिका,नरहरिनाथ, सान्नीत्रिवेणी,महावोई गाउपालिकामा वालविवाहा, वालश्रम, लागुऔषध, छाउपडी प्रथा लगाएतका साजिक अपराधहरुको अन्त्यका लागि टोल टोलमा प्रहरी अभियान विस्तार गर्ने निणर्य भएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा अभियान विस्तारका लागि सेभ द चिल्डेन किर्डाक नेपाल लगाएतका वालअधिकार क्षेत्रमा काम गर्ने संघ सस्थाहरुले सहयोग गर्ने निणर्य समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्