लागूऔषध गाँजा नष्ट



धादिङ, (नेस)
अबैध तरिकाले बारीमा लगाएको ६ सय रोपनीको गाजाँ प्रहरीले नष्ट गरेको छ ।
प्रतिबन्धीत लागु औषध गाँजाको खेती गरेको भन्ने सुराकीको आधारमा गाउँ पुगेको प्रहरीको टोलीले दक्षिणी धादिङको गजसरी र थाक्रे गाउँपालिकामा ६ सय रोपनीको गाजा खेती नष्ट गरेको हो ।

गजुरी गाउँपालिका वडा न. ७ स्थित मकैबारी र कर्कलोबारीमा लगाएको १ सय १० रोपनीको गाजा फाँडेर नष्ट गरिएको छ । लागु औषध विरुद्धको अतर्राष्ट्रिय दिवसाको सप्ताहब्यापी कार्यक्रम संचालन भएको बेलामा ठूलोमात्रामा गाजा फडानी गरिएको हो ।

यसैगरि थाक्रे गाउँपालिका वडा न.ं ५ पोखरीचौर क्षेत्रमा लगाइएको ५ सय रोपनी क्षेत्रफलको गाजा फाँडेर जलाइ नष्ट गरिएको छ । प्रतिबन्धीत लागुऔषध गाँजा विक्रि वितरण गर्न, ओसारपसार गर्न र उत्पादन गर्न समेत नपाइने भएकोले प्रहरी टोलीले नष्ट गरेको प्रहरी निरिक्षक जनक पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्