प्रहरीद्वारा गाँजा नष्ट



नुवाकोट, (नेस)
जिल्ला प्रहरी कार्यलय नुवाकोटले विदुर नगरपालिका वडा नं २ को साततले दरबार र भैरवी मन्दिर आसपासमा रहेको गाजा नष्ट गरेको छ ।

प्रहरी चौकी भैरवीबाट प्रहरी हबल्दार प्रदिप प्रसाद पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोली, स्थानिय जनप्रतिनिधी, स्थानिय समाजसेबी तथा बुद्दिजिबीहरुको सहभागितामा गाँजा फडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

नुवाकोट प्रहरी पछिल्लो समयमा घरेलु मदिरा र गाजा तथा लागुऔषधको नियन्त्रणमा सक्रिय हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्