धरहराको टेन्डर आज खोलिने

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज बिहीबार धरहराको ंटेन्डर खोल्ने भएको छ । गएको बैशाख ३० गते प्राधिकरणले मुलुक र वा मुलुक बाहिरको ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आब्हान गरेको थियो । प्राधिकरणले अनलाइनमार्फत टेन्डर आब्हान गरेकाले कति कम्पनीले प्रतिस्पर्धा गरे भन्ने विषयमा प्राधिकरणलाई जानकारी छैन ।

प्राधिकरणका सम्पदा संरक्षण विभाग प्रमुख राजुमान मानन्धरले आज बिहीबार कति ठेकेदारले प्रतिस्पर्धा गरेका छन् भन्ने विषयमा जानकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘आज २ बजे टेन्डर खोलेपछि कतिले प्रतिस्पर्धा गरे भन्ने विषयमा जानकारी हुने र पछि मूल्यांकन गरेपछि कुन ठेकेदारलाई टेन्डर दिइयो भन्ने विषयमा थाहा हुनेछ ।’

प्राविधिक प्रस्ताव छनोटमा परेका कम्पनीहरुले पुनः पेस गर्ने आर्थिक प्रस्ताव अनुसार न्यून लागत कबोल गर्ने कम्पनीले निर्माणको जिम्मेवारी पाउनेछ । प्रधानमन्त्री केपी ओलीले असार अन्तिम साता धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने तयारी गर्नेगरी प्राधिकरणले टेन्डर प्रक्रियालाई अघि बढाएको हो । करिब एक वर्षअघि नेपाल टेलिकमले करिब ६ अर्ब रुपियाँमा धरहरा बनाउने प्रस्ताव गरेको थियो ।

व्यापारिक प्रयोजनका लागि धरहरा निर्माण गर्न लागेको जनाउँदै पुरातत्व विभागले टेलिकमको प्रस्ताव अस्वीकार गरेको थियो । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको धरहरा विभागले वा कामपाले बनाउने भन्ने विषयमा विवाद भएपछि अन्ततः प्राधिकरणले बनाउने निर्णय गरेको थियो ।


अब बन्ने नयाँ धरहरा २२ तल्लाको हुनेछ । त्यसको उचाइ १ सय ४५ फिट हुनेछ । अपांगमैत्री धरहरामा वृद्धवृद्धाका लागि छुट्टै व्यवस्था रहनेछ । दुईवटा लिफ्टसहितको नयाँ संरचनामा ८ जना चढ्ने र ८ जना ओराल्ने व्यवस्था हुनेछ ।


नयाँ डिजाइन अनुसार धरहराको लागत करिब ४ अर्ब रहने मानन्धरले बताउनुभयो । करिब १ अर्ब २५ लाख रुपियाँमा धरहराको मुख्य भाग निर्माण हुनेछ ।

त्यसपछि हुलाक सेवा विभाग र टक्सारको जग्गा ओगटेर फाउन्डेसन, पार्क, वेसमेन्ट निर्माण गरिनेछ । ४२ रोपनी जमिनमा निर्माण हुने धराहराको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणका प्रवक्ता कृष्णप्रसाद दुवाडीले जानकारी दिनुभयो ।

अब बन्ने नयाँ धरहरा २२ तल्लाको हुनेछ । त्यसको उचाइ १ सय ४५ फिट हुने छ । अपांगमैत्री धरहरामा वृद्धवृद्धाका लागि छुट्टै व्यवस्था रहनेछ । दुईवटा लिफ्टसहितको नयाँ संरचनामा ८ जना चढ्ने र ८ जना ओराल्ने व्यवस्था हुनेछ । भ¥याङ चढ्नेका लागि छुट्टै व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ

धरहरा निर्माणका लागि नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ अर्ब रुपियाँ दिने प्रतिबद्धता जनाइसकेको छ भने ‘म बनाउँछु मेरो धरहरा’ अभियानमा २४ करोड रुपियाँ संकलन भइसकेको छ । धरहरा पुनर्निर्माण गर्न काठमाडौ महानगरपालिकाले करिब दुई साताअघि वरपरका संरचना भत्काइसकेको छ ।

धरहरा पुनर्निर्माण गर्न हतारमा देखिएको प्राधिकरणले तीन प्रकारको माटो परीक्षण सम्पन्न गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणका लागि ‘म बनाउछु मेरो धरहरा’ अभियान आरम्भ गर्नुभएको थियो ।

२०७२ साल फागुन ४ गते आरम्भ भएको यो अभियान सरकार परिवर्तनसँगै सुस्ताएको थियो । ओली प्रधानमन्त्री भएपछि प्राधिकरण पुनः तातेको छ । ओली सरकारकै कार्यकालमा धरहरा पुनर्निर्माण गर्ने अठोट लिएको थियो । सोहीअनुसार प्राधिकरण तातेको हो ।