प्रधानमन्त्री ओली चीन प्रस्थान

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओली ६ दिने भ्रमणका लागि आज बिहान चीन प्रस्थान गरेका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्किएका हुन् । ओलीसँगै पत्नी राधिका शाक्य पनि चीन प्रस्थान गरेकी छिन् ।

ओलीले चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरूमा दुई देशबीच सम्झौता पनि हुनेछ ।