अर्को विस्फोट

0
Shares

ग्वाटेमाला सिटी, (एजेन्सी)
ग्वाटेमालामा आइतबार भएको फ्युएगो ज्वालामुखी विस्फोटनमा ७५ जनाको ज्यान जानुका साथै अन्य कम्तीमा १ सय ९२ जना अझै हराइरहेको बुधबार सरकारी अधिकारीहरूले बताएका छन् । भिरमा रहेका गाउँहरु ज्वालामुखीको खरानी र माटोले पुरिएका छन् । अर्को पछिल्लो विस्फोट भएपछि मंगलबार उद्धार कार्य रोकिएको थियो । ज्वालामुखी पहाडको दक्षिणतिरबाट अहिले तरल चट्टान र तातो ग्यास निस्किरहेको छ । यस प्राकृतिक प्रकोपका कारण १७ लाखभन्दा बढी मानिस प्रभावित हुनुका साथै ३ हजारभन्दा बढी विस्थापित भएका छन् ।