उत्तर कोरियाका रक्षामन्त्री बर्खास्त

0
Shares

सोल, (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोङ उनले देशका तीन जना उच्चपदस्थ सैन्य अधिकारी पदबाट हटाएका छन्। पदबाट हटाइनेमा रक्षामन्त्री पाक यङ सिक, चिफ अफ जनरल स्टाफ र सेनाको राजनीतिक ब्युरोका प्रमुख रहेका छन्। तिनीहरूलाई यसै महिनाको शुरूमा पदबाट हटाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सोमबार जनाएको छ। हटाइएका सैन्य अधिकारीहरूका स्थानमा मध्यमार्गी अधिकारीलाई ल्याइएको बताइएको छ।

अमेरिका र उत्तर कोरियाबीच शिखर वार्ताको तयारी भइरहँदा उत्तर कोरियाली नेता किमले सैन्य अधिकारीमाथि कारबाही गर्नुलाई अर्थपूर्ण मानिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पसँग आणविक निशस्त्रीकरणबारेको वार्तामा प्रवेश गर्न लागेका किमलाई आफ्नो सेनाभित्रबाट त्यसको विरोध हुन सक्ने डर रहेको अनुमान गरिएको छ। ट्रम्प र किमबीच जुन १२ सिंगापुरमा शिखर बैठक हुने कार्यक्रम छ।