ललितपुरको मंगलबजार भिमसेनस्थान नजिकै मान्छे नबस्ने घरमा आगलागी


काठमाडौं । ललितपुरको मंगलबजारमा भिमसेनस्थान नजिकै एक घरमा आगलागी भएको छ । बिहान नरहरिप्रसाद लाखेको तीनतले कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो काठमाडौं, ललितपुर र भक्तपुरको दमकलसहित पानी ट्याङकीको सहयोगमा स्थानीय र प्रहरीले निभाएका छन् ।

प्रहरीका अनुसार मान्छे नबस्ने घरमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको र क्षतिको विवरण संकलन गर्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।