बुद्ध शिक्षाका विषयमा निबन्ध प्रतियोगिता हुँदै


काठमाडौँ  । लुम्बिनी बुद्धधर्म सोसाइटी, युके र युवा बौद्ध समूह, काठमाडौंले संयुक्त रुपमा ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध शिक्षा’ विषयमा निबन्ध प्रतियोगिताको आयोजना गर्दैछ ।

निबन्ध विसं २०७५ असार मसान्तभित्र पठाइसक्नुपर्नेछ भने एकहजार पाँच सयदेखि दुई हजार शब्दसम्मको हुनुपर्नेछ ।

निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः रु आठ हजार, रु छ हजार र रु चार हजार नगद पुरस्कार दिइने छ ।

निबन्ध नेपाली, नेपालभाषा र अँग्रेजीमा लेख्न सकिने आयोजक संस्था युवा बौद्ध समूहका सचिव रजनी ताम्राकारले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।