एक हजार विद्यार्थीका लागि एउटा शौचालय


गौशाला  । महोत्तरीको लोहारपट्टी नगरपालिकाअन्तर्गत पर्ने रामवती जगदेव जनता माध्यमिक विद्यालय बगडामा एक हजार जनाका लागि एउटामात्रै शौचालय रहेको छ ।

लोहारपट्टी नगरपालिका– १ बगडामा सो विद्यालयमा कक्षा १ देखि १२ सम्ममा कूल ९९८ विद्यार्थी, १७ शिक्षक र दुई परिचर रहेका छन् । मा ती सबैका लागि त्यस विद्यालयमा एउटामात्रै शौचालय रहेको छ ।

विगत दुई दशकदेखि सो विद्यालयमा एउटामात्रै शौचालय रहेको छ । एउटै शौचालय भएका कारण विद्यार्थी र शिक्षकले पालो कुर्नु परिरहेको प्रधानाध्यापक श्यामसुन्दर यादवले बताउनुभयो । शौचालयका लागि पटक पटक जिल्ला शिक्षा कार्यालयलाई लिखित अनुरोध गर्दैआएको उहाँको भनाइ छ ।

“विद्यार्थी र शिक्षकलाई निकै समस्या हुने गरेको छ,” उहाँले भन्नुभयो ।

ढोका फुटेको, चुक्कुल नभएको र पर्खाल जीर्ण भइसकेको सो शौचालयमा छात्रा महिनावारी भएका बेला तथा सामान्यरुपमा दिसापिसाब गर्न जाँदा समस्या हुने गरेको कक्षा १० की छात्रा विभाकुमारी यादव बताउनुहुन्छ ।
यहाँ खानेपानीको समेत अभाव छ । विद्यालयमा बगडा, महदैया, मधेपुरा, अन्हारवन, सुखैनिया, पररिया, तपनपुर, जगतियालगायत ठाउँका विद्यार्थी पढ्न आउने गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।