चार टन तरकारी बीउ वितरण


 

विराटनगर  । रङ्गेली नगरपालिकाले तरकारी खेतीअन्तर्गत चार टन ओलको तरकारी बीउ किसानलाई वितरण गरेको छ ।

कृषिको व्यावसायीकरण गर्न र किसानलाई आत्मनिर्भर बनाउनका बीउ वितरण गरिएको हो ।

ओलको तरकारी लगाइने र त्यसको महत्व बुझ्नका लागि उक्त नगरपालिका अन्तर्गतका प्रत्येक वडाका किसानलाई तालीम दिएपछि बीउ वितरण गरिएको हो । नगरपालिकाको कृषि शाखाका कृषि अधिकृत काशी चैधरीका अनुसार रु दुई लाख ८० हजार मूल्य बराबरको उक्त बीउ जनकपुरबाट खरीद गरी किसानलाई वितरण गरिएको हो ।

ओलको तरकारी स्वास्थ्यका लागि राम्रो तथा व्यवसायका लागि फलदायी मानिन्छ । रङगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाका अनुसार नगरपालिकाले चालु आवमा कृषितर्फ रु ६९ लाख बजेट छुट्याएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।