मन्दिरमा भेटीयो शङ्कास्पद शव


भक्तपुर,  भक्तपुर नगरपालिका– ३ स्थित मंगलाछेस्थित शिवालय मन्दिरमा अन्दाजी ६५ वर्षका पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ ।

कालो ज्याकेट, सेतो नीलो सर्ट र नीलोमा सेतो धर्सा भएको ट्र्याकसुट लगाएका वृद्धको शव मन्दिरमै भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।