श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या


सिन्धुली, सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् । गोलेले खाना पस्कने पन्युले झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो ।

गोलेले सदैव मदिरा सेवन गरी झै–झगडा गर्ने गरेको परिवारका अन्य सदस्यले बताएका छन् । शुक्रबार दिउँसो घटना भएको प्रहरीले बताएको छ । शुक्रबार गोलेले श्रीमतीसँग मदिरा सेवन गर्न रु २०० मागेको र श्रीमती सुपरानीले दिन नमान्दा सामान्य झगडा भएको परिवारले बताएको छ ।

रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।