प्रम ओलीद्वारा जनयुद्ध स्मारकमा माल्यार्पण


मधुसूदन रायमाझी, काठमाडौं
धानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक माओवादी जनयुद्धका शहीदलाई श्रद्धाञ्जली दिनुभएको छ। पार्टी एकीकरण भएपछि अध्यक्ष ओलीले पेरिसडाँडामा रहेको जनयुद्ध स्मारकमा माल्यार्पण गर्दै पदभार ग्रहण गर्नुभएको हो। पूर्वएमालेको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेपछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्डँ पार्टीका सचिवालय सदस्यसहित पेरिसडाँडा पुग्नुभएको थियो।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पुगेका अध्यक्ष ओलीले पदभार सम्हाल्नुभएको थियो। ओलीलाई पेरिसडाँडामा अध्यक्ष प्रचण्ड र पूर्वमाओवादी कार्यकर्ताले खादा लगाएर स्वागत गरेका थिए। पेरिसडाँडामा नै अध्यक्ष ओलीसँग अर्का अध्यक्ष प्रचण्डले पनि पदभार ग्रहण गर्नुभएको थियो।

पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसहित सचिवालयका नेताहरूले शुक्रबार तत्कालीन नेकपा एमालेको धुम्बाराहीस्थित र तत्कालीन नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालय अवलोकन गर्नुभएको थियो।

एकतापछि कुन कार्यालयलाई केन्द्रीय कार्यालय बनाउने भन्ने बारेमा अध्ययन र अवलोकनपछि निर्णय गर्ने तयारीका साथ अध्यक्षद्वय ओली र प्रचण्डले कार्यालयको निरीक्षण गर्नुभएको हो। धुम्बाराही कार्यालयमा अध्यक्ष ओलीले प्रचण्डलाई र पेरिसडाँडा कार्यालयमा अध्यक्ष प्रचण्डले ओलीलाई स्वागत गर्नुभएको थियो।

एमाले र केन्द्रबीच बिहीबार एकता भएका थियो। दुवै अध्यक्षले दुवै कार्यालयमा औपचारिकरूपमा पदबहाली गर्नुभएको छ। अध्यक्षद्वयसँगै सचिवालयका सदस्यले दुवै कार्यालयका पदाधिकारी कक्ष, विभाग र सभाकक्षको अवलोकन गर्नुभएको थियो। नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा राख्ने बताइएको छ। तर औपचारिक निर्णय भने सचिवालयले गरेको छैन। पेरिसडाँडामा आयोजित कार्यक्रमलाई अध्यक्षद्वय ओली र प्रचण्डले सम्बोधन गर्नुभएको थियो।

पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हिजोसम्म एमाले माओवादी एकता हुँदैन भन्नेहरूले फेरि ओली र प्रचण्ड एकै ठाउँमा मिलेर बस्न सक्दैनन् भनेर भाका फेर्न थालेको बताउनुभयो। अध्यक्ष ओलीले अरू कम्युनिस्ट पार्टीहरूलाई पनि एकतामा आउन आग्रह गर्नुभयो। मिल्न चा≈यो भने सबै चिज मिल्दो रहेछ भन्ने आफूहरूको एकताले प्रस्ट भएको बताउँदै उहाँले पार्टी एकता गर्दा देशको हित, परिवर्तनका मुद्दा, आदर्श नछाडेको र कुनै अनुचित सम्झौता पनि नगरेको स्पष्ट पार्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताले देशलाई राजनीतिक स्थायित्व र समृद्धितर्फ लैजाने विश्वास व्यक्त गर्नुभयो।

पदभार ग्रहण एवं दुवै कार्यालयका अवलोकनमा अध्यक्षद्वय सचिवालय सदस्य र महासचिवको सहभागिता रहे पनि सचिवालय सदस्य ईश्वर पोखरेल भने सहभागी हुनुभएको थिएन। नेकपाका वरिष्ठ नेता झलनाथ खनाल चीनमा रहनुभएकाले सहभागी हुनुभएन भने रक्षामन्त्रीसमेत रहनुभएका पोखरेल भने सिंहदरबारमा रहेर पनि सहभागी हुनुभएन। महŒवपूर्ण काम भएकाले सहभागी हुन नसकेको सचिवालयलका एक सदस्यले बताए। दुवै कार्यालयमा पोखरेल सहभागी हुनुभएन। पोखरेल अर्थमन्त्री बन्ने चर्चा भए पनि अन्तिममा प्रधानमन्त्री ओलीले रक्षामन्त्री बनाउनुभएको थियो। नेकपा पार्टी बनेसँगै महासचिवमा विष्णु पौडेल बनेपछि पूर्वएमालेका महासचिवसमेत रहेका पोखरेल असन्तुष्ट हुनुभएको बताइएको छ।