नागीडाँडामा विमानस्थल बनाउन उपयुक्त रहेको विज्ञको सुझाव



काठमाडौं, (नेस)
आन्तरिक विमानस्थल निर्माणको लागि नागीडाँडा विमानस्थल उपयुक्त हुने विज्ञ समूहले सुझाएको छ। बिहीबार संस्कृति, पर्यटन तथा नगारिक उड्डयमन्त्री रवीन्द्र अधिकारीलाई विज्ञ समूहले प्रतिवेदन बुझाउँदै सम्भाव्यता प्रतिवेदन बुझाएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई व्यवस्थापन गर्न साना जहाजको लागि विमानस्थल निर्माणको लागि विज्ञ समूहले काभे्र जिल्लाको बनेपा नगरपालिका वडा नम्वर ११ र १२ को सिमानामा पर्ने नागीडाँडा, उपयुक्त हुने ठहर गर्दै प्रतिवेदन बुझाएको हो।

मन्त्री अधिकारीले आन्तरिक विमानस्थल निर्माणका लागि १५ दिन अगाडि नागीडाँडा, ठूलिचौर र चिसापानीको स्थलगत अवलोकन भ्रमण गर्नु भएको थियो।

विज्ञ समितिले भने नगरकोटको पनि सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन पेश गरेको छ। अरू ठाउँको तुलनामा नागीडाँडा विमानस्थल उययुक्त रहेको प्रतिवेदनले सुझाएको छ। नागीडाँडामा विमानस्थल बनाउनको लागि भने २० प्रतिशतमात्रै निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ। १२ सय मिटरको विमानस्थल निर्माण गर्न सकिने छ। विमानस्थलको विस्तृत लागत भने प्राधिकरणले विस्तृत अध्ययन प्रतिवेदनपछि भन्न सकिने बताएको छ। समुन्द्र सतहबाट १८ मिटरको उचाईमा रहेको नागीडाँडा विमानस्थल अवस्थित रहेको छ।

ठूलीचौरको स्थानमा २५ देखि ३० वटा विमान पार्किङ गर्न मिल्ने गरी विमानस्थल निर्माण गर्न सकिने छ भने मौसमको हिसावले उपयुक्त स्थानमा रहेको प्राधिकरणले बताएको छ। सो विमानस्थलको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेमा ४ देखि ५ वर्ष लाग्ने अनुमान गरिएको छ।

विज्ञ समितिमा इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा ६ सदस्यीय समितिमा नागरिक उड्डयन प्राधिकरणका निर्देशकद्वय धुव्रदास भोछिभाया, बाबुराम पौडयाल, उपनिर्देशकहरू सुवर्ण उपाध्याय, सीताराम भण्डारी, सदस्यसचिवमा इन्जिनियर नलविक्रम थापा हुनुहुन्छ। गरी जिम्मेवारी दिएकोर सोही अनुरूप मन्त्री अधिकारीले बुधबार भनिएको छ।

त्रिभुवन विमानस्थलमा आन्तरिक हवाई चापलाई घटाएर अन्तर्राष्ट्रिय उडानमा वृद्धि गर्ने र साना जहाजलाई वैकल्पिक विमानस्थल निर्माण गरी स्थानान्तरण गर्ने सोचाई अनुरूप काम सरकारले कामको गतिलाई अगाडि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्