ट्रम्पले आप्रवासीलाई भने :- यिनीहरू मान्छे होइनन्, जनावर हुन्


वासिङ्टन, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीको विषयमा तल्लोस्तरमा ओर्लेर गरेको टिप्पणी विवादमा आएको छ। डोनाल्ड ट्रम्पले आप्रवासी रोक्न सीमामा पर्खाल निर्माण गर्ने र आप्रवासी कानुन कार्यान्वयन गर्ने विषयको चर्चाका क्रममा आप्रवासीको तुलना जनावरसँग गरेका थिए।

ट्रम्पले क्यालिफोर्नियाबाट ≈वाइट हाउसमा आएका रिपब्लिकन सांसदहरूलाई भने– ‘हाम्रो देशमा मान्छेहरू आइरहेका छन् वा आउने प्रयास गरिरहेका छन्। हामी उनीहरूलाई देशबाहिर लगिरहेका छौं। तपाईंलाई विश्वास लाग्दैन, यिनीहरू कति खराब छन्। यिनीहरू मान्छे नै होइनन्, जनावर हुन्।’

ट्रम्पको उक्त बयानलाई लिएर कोलोराडोबाट कांग्रेसका सदस्य जेरेड पोलिसले भने– ‘आप्रवासी मान्छे हुन्, उनीहरू जनावर, अपराधी, लागूपदार्थ कारोबारी वा बलात्कारी होइनन्।’

क्यालिफोर्नियका गभर्नर जेरी ब्राउनले भने– ‘ट्रम्प आप्रवासी, अपराध र क्यालिफोर्नियाको कानुनका बारेमा झुठो बोलिरहेका छन्। अत्यन्तै कडा खालका यो टिप्पणी आफैमा अनौठो पनि हो तर ट्रम्पका लागि भने यो असामान्य होइन।’

सन् २०१२ अगस्ट २४ मा एम्पायर स्टेट बिल्डिङबाहिर पेटीमा काम गुमाएपछि रुष्ट बनेका एक पूर्वकर्मचारीले गोली प्रहार गरेका थिए। ट्रम्पले आफ्नो भनाइलाई सही ठह¥याउन उक्त घटनालाई उदाहरणका प्रयोग गरेका थिए।

‘एम्पायर स्टेट बिल्डिङमा आज भयानक दुखद घटना भएको छ। हामीले सकेसम्म चाँडो मुद्दा चलाई ती जनावरलाई मृत्युदण्ड दिनुपर्छ।’ –ट्रम्पले ट्विट गरेका थिए। ती बन्दुकधारी घटनास्थलमै प्रहरीबाट मारिएका थिए।