हेलीको स्पष्टिकरण

0
Shares

वासिंगटन, (एजेन्सी)
संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदुत निक्की हेलीले रसिया माथि लगाइने नयाँ नाकावन्दिलाई लिएर आफु अलमलिएको अभिव्यत्ति दिएको भनी व्हाइट हाउसले लगाएको आरोपको बुधवार खण्डन गरेकी छिन् । उनले फोक्स न्युज टेलिभिजनलाई आफु कुनै पनि हालतमा त्यो खवर थाहापाएर अलमलमा नपरेको स्पष्ट पारेकी छिन् । राष्ट्रपति भवन व्हाइट हाउसका आर्थिक सल्लाहकार लार्री कुड्लोले उनी माथि सो आरोप लगाएका थिए । आइतवार मात्र हेलीले अमेरिकाले रसिया मागि अर्को कडा नाकावन्दि लगाउने योजना बनाइरहेको जानकारी दिएकी थिइन् ।