फेरि बढ्यो इन्धनको मूल्य


काठमाडौं ।  दुई साताको बीचमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि  बृद्धि गरेको छ।

 निगमले  पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो।

सोमबार बसेको निगमको सञ्चालन समितिको बैठकले मूल्यबृद्धी गरेको हो।

अन्तराष्ट्रिय स्वचालित मूल्यअनुसार इन्धनको मूल्य बढेको निगमले जनाएको छ। पछिल्लो समय लगातार इन्धनको मूल्य बढीरहेको छ।

मूल्यबृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ तथा डिजेल र मट्टितेलको ८७ पुगेको छ। राती १२ बजेपछिबाट लागू हुने गरी मुल्यबृद्धि भएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।