गुप्तचरलाई कारवाही

0
Shares

स्टकहोम, (एजेन्सी)
एकजना तिब्बती नेताले निर्वासित तिब्बतीहरूको बारेमा चीन सरकारलाई सूचना दिने गुप्तचरहरूलाई कारबाही गरेर उदाहरणीय कार्य गरेको र यस कार्यको विश्वका अन्य मुलुकहरूले पनि अनुशरण गर्नुपर्ने बताएकी छिन्। स्विडेनले केही दिनअघि मात्र दोर्जी ग्यान्सान नामक एक व्यक्तिलाई जासुसीको अभियोग लगाएको थियो। आफ्नै तिब्बती साथीहरूबारे सूचना दिएबापत उनलाई चीनले तलब दिने गरेको बुझिएको छ। तिब्बती समुदायका नेता ज्याम्यांग छोयदोनले यस कार्यका लागि स्विडेनी सरकारको सरकारको प्रशंसा गरेकी हुन्। उनले स्विडेनमा दलाइ लामाको योगदानलाई प्रचारप्रसार गरिरहेकी छिन्।