हत्याको आशंका

0
Shares

मनिला, (एजेन्सी)
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले अमेरिकाको शीर्ष प्रतिद्वन्द्वीसँग हतियार लिने सोचका कारण आफ्नो हत्या हुन सक्ने खतरा रहेको बताएका छन्। मनिलास्थित मालाकानांग प्यालेसमा एक भेलालाई सम्बोधन गर्दै डुटेर्टेले लागूऔषधविरुद्धको हिंसात्मक युद्धलाई लिएर वासिङ्टनले फिलिपिन्सलाई हतियार बेच्न रोक लगाएकोमा आक्रोस व्यक्त गरेका थिए। यसको बदला चीन र रुसबाट हतियार प्राप्त गर्ने आफ्नो निर्णय घातक हुन सक्ने उनले बताए। यदि आफू विमान विस्फोट वा सडकमा बम विस्फोटबाट मारिएमा त्यसको कारण सीआईएसँग सोध्न कृषकहरूको उक्त भेलालाई आग्रह गरे।