दिपायल–धनगढी दु्रतमार्ग निर्माणमा ढिलाई



विमल विष्ट, डोटी ।
महत्वकांक्षी दिपायल–बिपीनगर–धनगढी दु्रतमार्ग निर्माण कार्यमा बनसंग सम्बन्धीत कानुनी प्रकृया र स्थानिय बिचको बिबादले ढिलासुस्ती हुन थालेको छ । साबिकको सडकभन्दा डोटी, अछाम र बाजुराबासीलाई एक सय २ किलोमीटर छोटो पर्ने सो दु्रतमार्ग निर्माणमा भइरहेको ढिलासुस्तीप्रति स्थानियले असन्तुष्टी ब्यक्त गर्दै आएका छन् ।

प्रदेश सरकार र स्थानिय तहहरुले दु्रतमार्गलाई प्राथमिकता साथ हेरिरहेको बताउदै आएपनि स्थलगतरुपमा आएका बाधाहरु फुकाउन भुमिका खेल्न चासो नदेखाएको स्थानियको गुनासो छ । काम सुरु भएको १० बर्ष बित्दा पनि अहिलेसम्म ट्रयाक समेत खुल्न सकेको छैन ।

‘ट्रयाक खुलेको छैन, कहिले सडकमा गाडी गुड्लान्’, जोरायल गाउपालिका ५ गडसेराका वडाअध्यक्ष ध्वज देउबाको गुनासो गर्नु भयो । उहाँले भन्नु भयो, ‘हरेक नेताले छिट्टै सडक बन्छ भन्ने गफ दिन्छन् तर देखिदै आएको ढिलासुस्तीले आश पनि मर्न थालिसकेको छ ।’ ८५ किलोमीटर लम्बाई रहेको सो सडकको २५ किलोमीटर ट्रयाक अझै खुल्न नसकेको धनगढी–खुटिया–बिपीनगर–गडसेरा–दिपायल सडक योजनाका प्राबिधीक महेश बिकले जानकारी दिनु भयो ।

निर्माण कार्य तिब्र पार्न कैलाली र डोटी दुबै जिल्लाबाट दुई छेउबाट छुट्टा छुट्टै ५ वटा स्कीम बनाएर काम थालेपनि स्थानियको बिबाद र बन क्षेत्रको कानुनी झन्झटले निर्माण कार्य सुस्ताउदै गएको गुनासो प्राबिधीकहरुको छ । दु्रतमार्ग निर्माण कार्यमा भइरहेको ढिलासुस्ती प्रति असन्तुष्टी जनाउदै तत्कालिन भौत्तिक पुर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रमेश लेखकले डोटीको बिपीनगरमा ०७३ मंसिरमा छुट्टै डिभिजन कार्यालय समेत स्थापना गरेका थिए ।

‘बिबाद र कानुनी समस्या सुल्झियो भने ६ महिनाभित्र ट्रयाक खुल्छ’, दिपायल–बिपीनगर–धनगढी दु्रतमार्ग योजनाका प्राबिधीक महेश बिकको दाबी छ । सो सडकलाई बझाङ्गको चैनपुर ताक्लाकोट सडकसंग जोड्ने तयारी सरकारले तयारी गरिरहेको छ ।

बनको बिबाद सडकको ट्रयाक खोल्नु पर्ने क्षेत्रमा रहेका रुखहरुको कटानी आदेश बारे सडक र बन बिभाजीत छन् । सडक योजनाले डोटी क्षेत्रको सडकमा पर्ने एक हजार ६१ रुख काट्न अनुमती लिन सकेको छैन । यस अघि काठमाण्डौंको एभरेष्ट कन्सल्टेन्टले गलत रिपोर्ट तयार गरेपछि बन र सडकबिचको दुरी बढेको हो । बाताबरण प्रभाव मुल्यांकन (इआईए) मा एभरेष्ट कन्सल्टेन्टले ६ सय २० रुखमात्र काट्नु पर्ने भन्दै अधुरो प्रतिबेदन पेश गरेको थियो । सोही रिपोर्ट अनुसार मन्त्रीपरिषदबाट कटानी आदेशका लागि निर्णय गरिएको थियो । यथार्तमा रुख काट्नु पर्ने त्यतीमात्र नभएर सबै गरी ३ हजार देखि ३५ सयसम्म देखिएको जिल्ला बन अधिकृत बद्री कुमार कार्कीले जानकारी दिनु भयो ।

‘ईआईए गर्दा कन्सल्टेन्टले बनका प्रतिनिधी पनि लगेको भए यथार्त बिबरण आउथ्यो तर त्यसो भएन । जे भएपनि जिल्ला तहबाट बनक्षेत्रमा पर्ने रुखहरुको संख्या पहिचान गरी पठाइसकेका छौं, अब हामीबाट कुनै काम रोकिएको छैन’, कार्कीले भन्नु भयो, ‘बाताबरण मन्त्रालयले यसअघिको ईआईए संशोधन गरी अर्को पुरक ईआईए पठाउन माग गरेको छ, उहाूहरुले प्रकृया पु¥याउदै हुनुहुन्छ होला ।’

सडक योजनाले पुरक ईआइए सडक बिभागमार्फत वाताबरण मन्त्रालयसम्म पु¥याइसकेको दु्रतमार्ग सडक योजना प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिनु भयो । ‘म त्यसैको कामका लागि काठमाण्डौ आएको छु, बाताबरण मन्त्रालयमा अन्तिम चरणमा पुगेको छ’, शाहले टेलिफोनमा भन्नु भयो, ‘वाताबरण मन्त्रालयले वन मन्त्रालयमा फाइल पठाएपछि मन्त्रीपरिषदको बैठकबाट निर्णय हुन्छ ।

अब फटाफट काम भयो भने एक महिनाभित्र समस्या सल्टिन्छ ।’ डोटीबाट एक हजार ६१ रुख काट्न अनुमति लिनु पर्ने बाध्यता छ भने कैलालीमा झण्डै दुई हजार रुखहरुका लागि अनुमति लिनु पर्ने देखिएको छ । दुई महिना अघि टूयाक खोल्न काम सुरु गरिए पनि स्थानिय सामुदायिक बनहरुले प्रकृया नपु¥याएको भन्दै काम अघि बढ्न दिएका छैनन् ।

अनुमति नपाउदा डोटी क्षेत्रमा पर्ने गड्सेराको कोलाखान देखि भूमीराजमाण्डौको सलेनासम्म पर्ने तीन सामुदायिक बन र एक राष्ट्रिय बन क्षेत्रमा ट्रयाक खोल्ने काम रोकिएको छ । सो सडक योजनाले डोटीमा मात्रै झण्डै ४४ हेक्टर बन क्षेत्र ओगट्दैछ । स्थानियको बिबाद आफु अनुकुलको गाउँ भएर दु्रतमार्गको ट्रयाक लग्नु पर्ने भन्दै स्थानिय बीच बिबाद आउँदा काम रोकिएको छ । दुर्तमार्गलाई चाँडो जोड्न डोटीको उत्तर क्षेत्रमा रहेको राजपुर र दक्षिण क्षेत्रमा रहेको बिपीनगरबाट ट्रयाक खुल्दैछ । उता कैलालीमा पनि धनगढी र सहजपुर गरी दुवै छेउबाट ट्रयाक खोल्ने, चौडाई बढाउने काम भइरहेको छ ।

तर डोटीको राजपुरबाट सुरु गरिएको ट्रयाक गड्सेराको चौकीमा पुगेर भने बिबादित भएको छ । गड्सेराका चौकी र बोकडाका स्थानियबिच बिबाद आउँदा काम रोकिएको हो । चौकीबाट गड्सेराकै सेरा पिपलमा जोड्ने प्रयास भएपनि बोकडाका स्थानियले आफनो गाउँ भएर कफलतडी लैजानु पर्ने माग गरेका छन् ।

‘ट्रयाक आ आफ्नो गाउँबाट लैजानु पर्ने अडान स्थानियले नछाडेपछि त्यहाँ पुगेका ठेकेदारलाई तीन महिना अघि नै फिर्ता बोलाएर बिपीनगर हुदै बोगटाबाट चौकी लैजान भनेका छौं’, प्राबिधीक महेश बिकले भन्नु भयो, ‘यताबाट जाँदा पनि बिबाद मिलेको छैन, काम ठप्प छ ।’ चौकी भएर सडक लैजादा खोलामा दुईवटा पुल हाल्नु पर्ने तथा लघु जलबिद्युतलाई क्षती पुग्ने सम्भावना रहेको प्राबिधीकहरुको भनाई छ ।

‘यद्यपी पहिला डिपीआर चौकी भएरै लैजानु पर्ने देखाइएकाले सोही अनुसार काम गर्न खोज्दैछौं’, प्राबिधीक बिकले भन्नु भयो, ‘दुबै समुदायको आपसी सहमति नहुँदा सम्म काम रोकिने देखिएको छ ।’ आर्थिक भार बढी हुने थाहा पाउँदा पाउदै पनि राजनैतिक पहुँचका आधारमा चौकी भएर डिपिआर बनाएको आरोप बोकडा बासीको छ ।

प्रतिक्रिया दिनुहोस्