क्षेत्रीय विमानस्थलले गति लियो



नेपाल समाचारपत्र
काठमाडौ
त्रिभुवन विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा निर्माण शुरू गरिएको पोखरा विमानस्थलले गति लिएको छ। सन् २०२१ सम्म निर्माण पूरा गर्ने उद्देश्यका साथ शुरू गरिएको विमानस्थलमा अहिले रनवेमा माटो भर्ने काम भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनाएको छ।

अहिलेसम्म रनवेमा करिब साढे ६ लाख घनमिटर माटो भर्ने काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाईका प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो। उहाँले करिब ४० प्रतिशत माटो भर्ने काम पूरा भएको बताउनुभयो।

चार महिनाको अवधिमा आयोजनाले गति लिएको हो। यो काम सम्रगको कामको तुलनामा १२ प्रतिशत रहेको मजकर्मीले बताउनुभयो। कुल ३७ सय रोपनीमा निर्माण हुन लागेको विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्येको एक रहेको छ। चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण सम्पन्न गर्ने ठेक्का पाएको आयोजनाको चिनियाँ सरकारको नै सहुलियत ऋणमा बन्न लागेको हो। करिब २२ अर्बको रुपियाँ लागतमा निर्माण गर्न लागिएको आयोजनाका निम्ति ६० रोपनीको मुब्जा वितरण गर्ने काम पनि भइरहेको विमानस्थल आयोजनाले जनाएको छ। इपीसी मोडेलमा निर्माण गर्न लागिएको विकमानस्थलको ६ समय सीमाभन्दा ६ महिना अगावै निर्माण समापन हुने बताइएको छ।

आयोजनाको लागि २ दर्जनभन्दा बढीका ह्याभी इकुपमेन्ट आयात भइसकेको छ भने २० डोजर २० स्काईभेटरले आयोजना निर्माणको काम गरिरहेको छ। प्राविधिकतर्पm ५० जनाको समूहमा ३० चिनियाँ नागरिकसहित २० नेपाली प्रविधिकले विमानस्थलको निमार्णमा तीव्रता दिइरहेका छन्।

निर्माणाधीन विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटरको हुनेछ भने ६० मिटरको चौडाइ रहेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को नियमअनुसार फोरडी मोडलमा निर्माण भएपछि विमानस्थलमा वोइङ र एयरबसले उडान भर्ने छन्। आयोजना कार्यान्वयन इकाईका प्रमुख मुनकर्मीका अनुसार चालू आर्थिक वर्षमा आयोजनाको ४० प्रतिशत कामसकिएको जानकारी दिनुभयो।

शिल्यान्यास भएको करिब १६ महिनापछि काम शुरू भए पनि गत नोभेम्बरबाट माटो काट्ने र सम्याउने काम थालिएको थियो। अन्तर्राष्ट्रिय टर्मिनल १० हजार, आन्तरिक टर्मिनल ४ हजार र कन्ट्रोल टावर १५ सय स्क्यार मिटरको निर्माण हुनेछ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले शुक्रबारसय दिनको कार्य योजनामा सार्वजनिक गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल डिजाइन रिभ्यु सुपरभाइजर कन्सल्ट्यान्ट नियुक्त गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्