पुल निर्माण कछुवा गतिमा, कामदारले ज्याला समेत पाएनन्



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका र बाँफिकोट गाँउपालिका लाई जोड्ने गाँराघाट मोटरेवल पुल निर्माणको काममा ढिलाई भएको भन्दै स्थानीयबासी चिन्तित बनेका छन् । ३ बर्ष भित्र निमार्ण गरिसक्ने जिम्मा पाएको ठेकेदार कम्पनीले डेड बर्ष बित्दा सम्म ५ प्रतिशत पनि काम सम्पन्न नगरेकोले तोकिएको समयमा पुल निमार्ण नहुने निश्चित जस्तै छ । अर्काेतिर पुल निमार्ण भइरहेको ठाँउको बस्ती जोखिममा रहेको छ ।

तार जालीको व्यवस्था गरी संभाबित जोखिमबाट जोगाउनुपर्ने स्थानीयले बताएका छन् । स्थानीय हरिवान नेपालीले पुल निमार्णको कार्यलाई तिब्रगतिमा अगाडी बढाउनुपर्ने र बर्षातको समयमा हुने जोखिमबाट जोगाउनका लागी तारजालीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । यस्तै स्थानीय चन्द्रबहादुर शाहीले पुल निमार्णको काम अत्यन्तै ढिला भएको बताउनुभयो ।

बर्षातको समयमा हुन सक्ने जोखिमलाई ध्यान दिएर कामलाई तिब्रता दिन ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । यस्तै पुल निमार्णमा लागेका मजदुरले समयमा ज्याला नपाएको समेत दुखेसो गरेका छन् । ठेकेदारले काम गरेको ज्याला नदिएको र ज्याला माग्दा कामबाट निकाल्ने गरेको मजदुरहरुको गुनासो छ । आफुले काम गरेको नपाएको स्थानीलउ थलबहादुर बुढाथोकीले दुखेसो गर्नुभयो ।

कछुवाको गतिमा भइरहेको पुल निर्माणको कामलाई ठेकेदार कम्पनीले समयमा सक्ने दावी भने गरिरहेको छ । बिविधि कारणले ढिला भएको भएपनि बाँकी रहेको डेड बर्षमा पुरै काम सम्पन्न गर्ने पुल निमार्णको जिम्मा लिएको नार्गाजुन कन्ट्रक्सनका सुपुर भाइजर नबिन घिमिरेले बताउनुभयो । कामदारलाई ज्याला नदिएको भन्ने कुरा सत्य नभएको भन्दै काम गर्नेलाई ज्याला पनि दिइएको बताउनुभयो ।

रुकुम पश्चिमको मुख्य व्यापारिक केन्द्र मानिएको छिन्खेत, राडीबजार हुँदै डोल्पासम्मको सडक यातायात सेवालाई जोड्ने गरी यो मोटरेवल पुलको काम सुरु गरिएको थियो । तर काम सुरु गरेको डेड बर्ष बितिसक्दा पनि हाल सम्म ५ प्रतिशत पनि काम नभएपछि स्थानीयबासीले बर्षातको समयमा आफ्नो बस्ती जोगाउन धौ धौ हुने बताउन थालेका छन् । बस्ती भएको ठाँउमा जाली लगाउने समेत काम नगरेपछि र कामदारलाई समयमा ज्याला नदिएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् ।

२०३२ सालदेखी हालसम्म संचालनमा रहेको गाँराघाट बजारको झोलुंगे पुलको अवस्था समेत जिर्ण बनेकाले यहाँका स्थानीयलाई थप आवातजावतमा समस्या हुने गरेको छ । ३ बर्षमा निमार्ण कार्य पुरा गर्ने लक्ष्यका साथ करिव ८ करोडमा सम्झौता भएको सो निमार्ण कम्पनीका ठेकेदार दिपेन्द्र शाहीले जानकारी दिनुभयो । तर डेड बर्षमा गर्नुपर्ने करिव ५० प्रतिशत काम हो । निमार्णको ५ प्रतिशत पनि काम नभएपछि स्थानीयहरु आक्रोशित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्