वडाध्यक्षमाथि आक्रमण,आक्रमणपछि भागेका उनी सम्पर्कमै छैनन्



खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ ।

गएराति घर फर्कंदै गरेको अवस्थामा उहाँ आक्रमणमा पर्नुभएको हो । आक्रमणपछि भाग्नुभएका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन ।

आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्कालगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उहाँले बताउनुभयो । घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्