‘हरियो स्टीकर नहुने गाडी बैशाख १ देखि रोक्छु’


भक्तपुर । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने जो कोहीलाई कारवाही गरिने बताउनुभएको छ ।

‘महानगर र उपमहानगरमा आउँदो बैशाख १ देखि हरियो स्टीकर नहुने सवारी साधनलाई प्रतिबन्द लगाउछु’ मन्त्री पण्डितले शनिबार हनुमन्ते सफाई अभियानमा भन्नुभयो, ‘४५ प्रतिशत हरियो स्टिकर भएका साधनले कालो धुवाँ फाल्छ । अब त्यस्तालाई कारवाही हुन्छ ।’

मन्त्री पण्डिलले कालो धुवाँ फाल्ने सवारी साधनलाई हरियो स्टिकर दिने कर्मचारीलाई समेत कारवाही गर्ने बताउनु भयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।