चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति उपयुक्त नहुने बताउनु भएको छ।
‘यी दुईवटै जिम्मेवारी फरक फरक हुन्’ उहाँले भन्नुभयो, ‘कांग्रेसलाई बलियो र सशक्त बनाउन यी दुई वटै जिम्मवारी फरक व्यक्तिले लिनुपर्छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजी पार्टी सभापति भएको हुनाले संसदीय दलको नेता पनि उहाँ नै हुनु ठिक होइन । उहाँलाई संसदीय दलमा रोक्नुपर्छ ।’
युवा नेता थापाले कांग्रेस ५ वर्ष प्रतिपक्षमै बस्ने बताउनुभयो । ‘कांग्रेसले जिम्मेवार विपक्षीको भूमिका निर्वाह गर्नुपर्छ उहाँले भन्नुभयो, ‘विपक्षीको भूमिका सरकारलाई सहयोग र विरोध गर्नु मात्रै होइन । सरकारको काम कारवाही संविधानको मर्म अनुसार छ कि छैन, त्यो पनि हेर्नुपर्छ ।’











प्रतिक्रिया