जटिल बन्दै सरकारमा फोरमको सहभागिता



Upendra Yadav

नेपाल समाचारपत्र, काठमाडौँ ।

संविधान संशोधनमा लचिलो हुँदै प्रधानमन्त्री केपी ओलीले सोमबार नै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका थिए। तर, अध्यक्ष यादव परराष्ट्रमन्त्रीमा सपथ लिन तयार नभएपछि फोरम सरकारमा सहिभागि हुने सम्भावना निकै नै जटिल बन्दै गएको छ ।

यादवले संविधान संशोधनको प्रस्ताव तयार गर्न कार्यदल बनाउन एमाले र माओवादी तयार भएपछि मात्र सरकारमा जाने प्रस्ताव राखेका छन्।

यसैबीच आज विहान एमाले र फोरमबीच भएको छलफलमा मधेशी दल फोरमले संविधान सम्मसोधन र सरकारमा परराष्ट्र, भौतिक योजना तथा उपसभामुख जस्ता महत्वपूर्ण मन्त्रालयहरुको माग गरेपछि सरकारमा सहभागि हुने सम्भावना जटिल बन्दै गएको देखिएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीले संविधान संसोधनको बाचा गर्दै हिजो सरकारमा सहभागि हुन आग्रह गर्नुभएको थियो । हिजो भएको वार्तामा संघिय समाजवादी फोरमले संविधान सम्सोधन सहित परराष्ट्र सहित अन्य महत्वपूर्ण मन्त्रालयको माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्