लगानीकर्ताको २४ अर्ब गुम्यो

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
गतसाता नेप्से परिसूचक २० दशमलव ४९ अंकले घटेको छ। साताको पहिलो चार दिन शेयर बजार अन्तिम दिनमात्र बढ्दा परिसूचक उकालो लाग्न नसकेको हो।

गतसाता पहिलो दिन १ हजार ४ सय ११ दशमलव ५२ को विन्दुबाट शुरू भएको नेप्से अन्तिम दिन १ हजार ४ सय ११ दशमलव ५२ को बिन्दुमा पुगेर रोकिएको हो। परिसूचक घट्दा यससाता कारोबार रकममा भने सुधार आएको छ। गतसाता नेप्सेमा १ अर्ब ५५ करोड ११ लाख २ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ। सो क्रममा नेप्सेमा १ सय ७२ कम्पनीका ४१ लाख ९६ हजार ४ सय ९० कित्ता शेयर किनबेच भए। सातभरि कुल १६ हजार ७ सय ६९ कारोबार भए।

कारोबार रकम चार दिन मात्र कारोबार भएको अघिल्लो सातभन्दा १३ दशमलव ३१ प्रतिशत बढी हो। अघिल्लो साता बजारमा १ सय ७२ कम्पनीका ३४ लाख ७३ हजार कित्ता शेयर १ अर्ब ३६ करोड १८ लाख ९१ हजार रुपियाँमा कारोबार भएका थिए। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

परिसूचकमा गिरावट आउँदा गतसाता शेयर बजारको आकार (बजार पुँजीकरण) साढे २४ रुपियाँले बढेको छ। यस साता बजार पुँजीकरण १६ खर्ब ५० अर्ब ८७ करोड रुपियाँबाट घटेर १६ खर्ब २६ अर्ब ७४ करोड रुपियाँमा पुगेको नेप्सेले जनाएको छ। नेप्से परिसूचक बढ्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ३ दशमलव ९४ अङ्कले बढेर २ सय ९४ अङ्कमा आइपुगेको छ।

गतसाता कारोबारमा आएका १० वटा समूहमध्ये ९ वटामा सुधार आए। तीमध्ये बीमा समूह पहिलो दिनको तुलनामा सबैभन्दा धेरै ४६ दशमलव ७३ अंकले बढ्यो। त्यसैगरी होटल, लघुवित्त, विकास बैंक र ट्रेडिङ समूहमा क्रमशः १६ दशमलव ८७, १२ दशमलव ७८ र १२ दशमलव २४ अंकको सुधार आउँदा वित्त, उत्पादनमूलक, बैंकिङ तथा अन्य समूहमा पनि झिनो सुधार आयो। गतसाता जलविद्युत् समूह पहिलो दिनको तुलनामा ८ दशमलव ४५ अंकले घट्यो।
यस साता कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। बैंकको कुल १६ करोड ४७ लाख १० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको थियो। यस साता काराबार भएको शेयर संख्याको आधारमा पनि नेपाल बैंक ४ लाख ६१ हजार कित्तासहित शीर्षस्थानमा रहँदा कारोबार संख्याका आधारमा कुमारी बैंक ४ सय ३ वटा कारोबारसहित शीर्षस्थानमा रह्यो।

कारोबार रकमका आधारमा ८ करोड ४७ लाख ९० हजार रुपियाँसहित सानिमा माई हाइड्रोपावर दोस्रो स्थानमा रह्यो। सर्वाधिक कारोबार हुने शीर्ष ५ कम्पनीमा नबिल बैंक, कुमारी बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि अटाए। यस साता नेप्सेमा ६ वटा कम्पनीका १ करोड १३ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएका छन्। जसमा बैंक अफ काठमाडौंको ६१ लाख ८० हजार ६७ कित्ता एफपीओ र आरएसडीसी लघुवित्त वित्तीय संस्थाका २३ लाख कित्ता हकप्रद शेयर रहेका छन्। त्यस्तै छिमेक लघुवित्त वित्तीय संस्थाका १६ लाख ५९ हजार २ सय ९३ कित्ता, आईसीएफसी फाइनान्सका ८ लख ३ हजार ८ सय ८५ कित्ता, सोल्टी होटलका ८६ लाख ८८ हजार २ सय ४४ कित्ता र स्वदेशी लघुवित्त वित्तीय संस्थाका १ लाख ५० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन्।