कुकुरको फिरौती पनि बिस लाख ?



आयरल्याण्ड, अब मानिस मात्रै नभई कुकुर पनि अपहरणमा पर्न थालेका र फिरौतीको सिकार बन्न थालेका छन् |

आयरल्याण्डमा एक कुरकुर अपहरणमा परेको छ | त्यस कुकुरको अपहरणपछि मालिकसँग २० लाख रुपैयाँ फिरौती मागिएको छ | जोय ब्रोचेरटको पाल्तु कुकुर केहि समय आगाडीदेखि हराइरहेको थियो |

उनले आफ्नो कुकुर भेटाइ ल्याउनेलाइ ५ हाजार पाउण्ड पुरस्कार दिने घोषणा समेत गरेका थिए |

तर, एउटा मानिसले फोन गरेर १५ हजार पाउण्डको फिरौती मागेको खबर आएको छ | फिन नाम गरेको त्यस कुकुरलाई छुटाउन त्यस्त्रो रकम दिन नसक्ने मालिकले बताएका छन् |

अनेक आग्रह गर्दा पनि ति कुकुर अपहरणकारीले १५ हजारभन्दा कम नलिने बरु कुकुरलाई मारिदिने धम्की दिएका छन् |

प्रतिक्रिया दिनुहोस्