कमल ढकाल।
मान्छे कहिल्यै रिटायर्ड हुँदैन। यो भनाइ दार्शनिक रन हवार्डले भनेका हुन्। स्टार्ट, चेन्ज एन्ड स्टप। अर्थात् एउटा रोल स्टार्ट हुन्छ, त्यो चेन्ज हुन्छ। फेरि अर्को रोल शुरू हुन्छ। स्टार्ट र चेन्ज लाइफ स्टप नहुने बेलासम्म चेन्ज भइरहन्छ। आफैलाई परिभाषित गर्दै उनी भन्दै थिए– ‘हिजो म पुलिस थिएँ। आज नार्काेननमा चेन्ज भएको छु, भोलि लेखकका रूपमा पो चेन्ज हुन्छु कि।’
प्रहरीको एसएसपीबाट दुःखका साथ रिटायर्ड भएका वसन्त कुँवरले त्यो दुःखमा सुख खोजे। आईजीपी बन्ने सपना जबरजस्त तुहिएपछि उनमा केही दिन ग्लानी भए पनि भगवान्ले मलाई केही अर्कै बन्न पठाएको सम्झँदै उनी नयाँ चीज प्राप्त गर्न साईबाबाकोमा पुगे।
जब बाबाकोमा पुगे, उनलाई लाग्यो। मलाई साँच्चै अर्कै बन्न पठाएको हो। के बन्ने? के गर्नै? कौतुहलता तब समाप्त भयो, जब उनले नार्काेनन नामक संस्थामा लाग्ने निर्णय गरे। ड्रगको कुलतमा फसेकालाई उतार्ने पारसमणि नार्काेनन नेपालमा लागेर त्यसलाई संसारकै नमुना बनाउने।
मान्छे कहिल्यै रिटायर्ड हुँदैन भन्ने उनी उनै दार्शनिक रन हवार्डले भनेझैं भन्दै थिए, स्टार्ट, चेन्ज एन्ड स्टप। अर्थात् एउटा रोल स्टार्ट हुन्छ, त्यो चेन्ज हुन्छ। फेरि अर्को रोल शुरू हुन्छ। स्टार्ट र चेन्ज लाइफ स्टप नहुने बेलासम्म चेन्ज भइरहन्छ।
नार्काेननमा फोकस भएर लागेका वसन्त मोबाइल होस् वा हाते फोन, हरेक इनकमिङ कलमा हेलो नार्काेनन भन्दा रहेछन्। पहिले पुलिसमा जय नेपाल भन्ने उनको स्वरले समयसँगै चेन्ज भएर नार्कोनन भएको रहेछ। पोसाकमा नार्काेनन लेखिएको रातो वा नीलो टिसर्ट लगाएर हिँड्दारहेछन्। जहाँ जाऊ उनी त्यही नार्काेनन लेखिएको लुगा लगाएर हिँड्ने रहेछन्। स्वदेश होस् वा विदेश। घरमा पार्किङ गरिरहेको उनी चढ्ने जिपमा पनि जहीँतहीँ नार्कोनन लेखिएको छ।
प्रतिज्ञा सेन्टरका रूपमा खोलेको उनको संस्थालाई नार्काेननले उसको लाइसेन्स शुरूमै दियो, जब एसएसपीमा अख्तियारको अभियोग लाग्योे (अन्तमा सफाइ पनि पाए)। षड्यन्त्रको भुमरीका कारण जागिर छाडेकै वर्षदेखि जमेर लागे वसन्त। नार्काेनन भनेको नो ड्रग हो। विलियम बेनेटेज भन्ने नामुद ड्रगिसलाई अमेरिकन दार्शनिक रन हवार्डलाई दिएको अर्ती उपदेशलाई समेटेर बनाइएको पुस्तकमा आधारित पढाइ हुने गर्छ नार्काेनन शिक्षा प्रणालीमा। यसका आठवटा पुस्तक छन्, जुन जीवनोपयोगी छ।
संसारभरि छ देशमा नार्कोननका संस्था छन्। सबैको एउटै शिक्षा प्रणाली हुने गर्दछ, ड्रग खाने मान्छेलाई थुनेर, चुटेर, हप्काएर केही हुँदैन। उसलाई मायाले जीवनोपयोगी शिक्षा दिँदै गयो भने बिस्तारै छुट्दै जान्छन्। नार्कोननको यही शिक्षा प्रणाली नै सही रूप रहेछ।
शोकमा डुबेको परिवारलाई खुसीमा बदल्न नार्काेननजस्ता संस्था संसारभर चाहिन्छ। यो कुरा त्यतिबेला गढ्यो, जब काठमाडौं युनिभर्सिटीमा पढाएर फर्केका एक युवक मेरा अगाडि देखापरे। ड्रगमा आठ वर्ष फसेका उनी इन्जिनियर रहेछन्। आफ्नै जीवनलाई नष्टको नजिक लगेका भैरवहाका सन्तोष घिमिरे जीवन बचेकोमा प्रफुल्ल रहेछन्। उनी अब इन्जिनियर छाडेर आफूजस्तै मान्छे नफसून् भनेर पढाउँदै हिँड्दा रहेछन्। नार्काेनन नेपालका रजिस्ट्रेसन एन्ड इन्टेकका डाइरेक्टरसमेत छन् सन्तोष।
सन्तोषलाई भेटेर दंग पर्दै फर्कंदा गेटमा सातो उड्ने गरी आर्मीको शैलीमा खुट्टा बजारेर सलाम गर्ने हेर्दै जंगो केट पनि पहिले त्यस्तै कुलतमा रहेछन्। बेलायतबाट नेपालमा कुलत छुटाउन आएका उनी आफ्नो कुलत छुटेकाले अब फेरि बेलायत जाने तयारीमा रहेछन्।
कुलत छुटाउने काइदा पनि बडो गजबकै रहेछ। कहिले भिटामिन, कहिले मिनरलका बोतल खुवाउने। सोना स्टिममा ५ घण्टा राख्ने, चार लिटर पसिना बगाउने, ग्रुपमा बस्न सिकाउने। उनै दार्शनिक रन हबार्ड बूढाका आठवटा किताब रटान गराउने। यति गरेपछि त्यसलाई ग्य्राजुएट गरेका मानिने रहेछ। ६ महिनाको यो अवधिमा प्रायः मान्छे लाइनमा आइसक्दो रहेछ।
अब कोही मान्छे विदेश जान्छु भन्छ, उसलाई त्यहीबाट टोफल आईईएलटीएस गराउन जान दिने। कोही व्यापार गर्छ भने उसलाई के व्यापार गर्ने हो, त्यहीअनुसारको कामको फिल्डमै लगेर प्राक्टिकल ज्ञान दिने। यस्तै काम पनि गरेका रहेछन् वसन्त कुँवरले।
तीन जना मान्छेबाट काम शुरू गरेका वसन्तले हजारभन्दा बढीको उपचार गरिसकेका छन्। उनको संस्था नार्कोनन नेपालले संसारकै बेस्ट अबार्ड पायो। लस एन्जलसमा भएको सो कार्यक्रममा उपस्थित दशौं हजारलाई नेपालको नाम चिनाए वसन्तले। केही पैसा पनि ल्याए। जुन थैलो उनले ककनीमा खनाउँदै संसारकै भव्य ट्रेनिङ सेन्टरका रूपमा बनाउँदै छन्।
एउटा सानो घरबाट शुरू भएको नार्काेनन नेपाल आज १२/१३ घरमा फैलिएको छ। बूढानीलकण्ठ जाने बाटोमा पर्ने हात्तीगौंडामा उसले आफ्नो छुट्टै एम्पायर विकास गर्दै छ। हेर्नेहरू हेरिरहेका छन् तर निकै छोटो अवधिमा नै नार्काेनन नेपाल कुदिरहेको छ। वसन्त भने आफूले सरकारदेखि लिएर कुनै आईएनजीओ एनजीओसँग सुका नलिईकन यति गरेको बताइरहेका थिए। यद्यपि ती विद्यार्थीका बाबु आमाले खुसीले दिएको रकम र उनीहरुकै भिटामिनका लागि लाग्ने साठी हजार त छँदै छ।
पहेंलो भेस्टमा ‘से नो टु ड्रग’ लेखिएको लगाउनेलाई विद्यार्थीका रूपमा लिइँदो रहेछ भने रातो लगाउनेलाई गुरु। सबले सबलाई सर भन्ने। एउटा दीक्षित बन्दै गरेको आर्मीको जस्तो अनुशासन रहेछ त्यहाँ। ब्यारेक हो किझंै लाग्ने कपाल काटेका मान्छेले तनक्क तन्किँदा ड्रगको कुलतमा परेका मान्छे होलान् र ती जस्ता देखिने।
मान्छे आफ्नो कर्मले मात्र खराब वा असल हुन्छ। एउटै मान्छे हो उसले रूख रोप्दा राम्रो हुन्छ उखेल्दा खराब हुन्छ। अमूल्य जीवन जोगाउन मान्छे हर सम्भव गरेर बाँच्न चाहन्छ। हो यही बुझेको छ नार्काेननले। त्यसैले समयको कुलतमा लागेर दुव्र्यसनीको सिकार बनेकालाई आफ्नो जीवनमा फर्काउन उसले देखाउने गरेको जीवनको ऐना भनेकै अनुशासन हो जुन मेन्टन गर्दै वसन्तले धेरै खराबलाई असल बनाएका छन्। पर्चा, पम्पेलट, टेलिभिजन कार्यक्रम सबै गरिरहेका छन्।
मान्छे कहिल्यै रिटायर्ड हुँदैन भन्ने उनी उनै दार्शनिक रन हवार्डले भनेझैं भन्दै थिए। स्टार्ट, चेन्ज एन्ड स्टप। अर्थात् एउटा रोल स्टार्ट हुन्छ। त्यो चेन्ज हुन्छ। फेरि अर्को रोल शुरू हुन्छ। स्टार्ट र चेन्ज लाइफ स्टप नहुने बेलासम्म चेन्ज भइरहन्छ।
गाना बजानामा समेत सोख भएका उनले गीत पनि गाएका रहेछन्। म्युजिक कम्पोज पनि गरेका रहछन्। गीत लेखेका पनि रहेछन्। भावुक मन भएकाले होला अरूका बच्चालाई धर्मपुत्रझैं पालेका रहेछन्। आफ्नै बच्चा भने अमेरिकामा पढे पनि उनले घरमा बाबु मरेका टुहुरोलाई पढाएर राखेका रहेछन्।