लिंगमय पार्कमा घुम्न आउने युवती धेर्रै !



एजेन्सी । दक्षिण कोरियाको एउटा पार्कमा अहिले देश विदेशका मानिस चासोका साथ हेरिरहेका छन् । लिंगको आकृतिमा ढालिएका स्मारकहरुले सो पार्क भरिएको छ । सन २००७ देखि सञ्चालनमा आएको उक्त पार्क घुम्न अहिले देश विदेशबाट पर्यटक आउने गर्छन ।

सो पार्कको नाम सिनाम हो । कुमारी अवस्थामा खुसी झल्काउन पार्क निर्माण गरीएको जनाईएको छ । पार्कमा लिंगको आकारका करिब तीनसय स्मारक छन् । दक्षिण कोरियामा एउटा लोककथा छ । त्यसअनुसार हुनेवाला बेहुलीलाई किनारमा छाडेर एउटा युवक माछा मार्न भनेर नदिमा जान्छ । त्यतिकैमा त्यहाँ हुरी चल्छ । हुरीले हुत्याएर युवतीलाई नदिमा खसाल्छ र उनको मृत्यु हुन्छ । कुमारी अवस्थामा रहेकी उनको मनमा अनेक उमंग र उत्साह हुन्छन्, जसले उनको मृत्युसँगै अमरत्व प्राप्त गर्छन यसैलाई दक्षिण कोरियामा कुमारी अवस्थाको खुसी भनिन्छ ।

यही भाव झल्काउन पार्क निर्माण गरिएको हो । पार्कमा लिंगको आकारका तोप, लिंगजस्तो जिब्रो भएको मानव आकृति, गमलामा रोपिएका लिंग आकृतिका बोटबिरुवा आदि छन् । पार्क घुम्न आउने मध्ये ६० प्रतिशत युवरी रहेका समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्