तर्साउन राखिएको नक्कली बमले दुई घन्टा तनाव (फोटो फिचर)



बुटवल । बुटवलको गोलपार्कमा राखिएको संकास्पद बस्तु (होक्स) नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बम बनाउन प्रयोग गरिने तार, व्याट्रीसहितको नक्कली बम जबरजङ्ग गण रामनगरबाट आएको डिष्पोजल टोलीले डिस्पोज गरेको हो ।

सिद्धार्थ राजमार्गको गोलपाक व्यापारिक आयल स्टोरको अगाडि राखिएको शंकास्पद बस्तु विहान १० बजे भेटिएको थियो । नेपाली सेनाको २ घण्टाको प्रयासमा उक्त बस्तुलाई डिस्पोज गरिएको जंवरजंग गणले जानाकारी दिएको छ ।

खैरो कपडामा बेरेर विजुलीको तारसहित राखिएको शंकास्पद वस्तु फेला परेको स्थललाई प्रहरीले सुरक्षा घेरामा राखेको थियो । निर्वाचनको समयमा सर्वसाधरणलाई तर्सासाउने गरी शंकास्पद बस्तु राख्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्वाचन प्रचारप्रसारमा संलग्न विभिन्न दलका नेता तथा उम्मेदवारहरु माथि आक्रमण भइरहेका बेला बुटवलमा फेला परेको बस्तु पनि निर्वाचनलाई प्रभाव पार्न र तर्साउने मनसायले राखिएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्