अवैध रुपमा विदेशी मुद्राको तस्करी 

0
Shares

काठमाडौँ । अवैध रुपमा विदेशी मुद्राको तस्करी हुने गरेको रहस्य खुलेको छ । ड्रागन एअरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका एकजना पक्राउ परेपछि सो रहस्य खुलेको हो । राहदानी नम्बर ई २०८७४९८८ बाहक चिनिया नागरिक ५० वर्षीय मिङ्ग जाङ्गलाई अवैध रुपमा लैजान लागेको विभिन्न देशका मुद्रासहित आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणमा ह्याण्डब्यागेज जाँच गर्नेक्रममा ह्याण्डक्यारीमा रहेको झोलाभित्र चाइनिज यान १५ हजार १ सय, अमेरिकी डलर ३४ हजार ७ सय ३०, कोरियन ३ लाख २७ हजार, पाउण्ड स्टर्लिङ १ हजार ८५, युरो ५ सय ३५, भुटानी ५ हजार ५ र टुजुगो क्रोनर ४० सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । निजलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।