दुबै गठबन्धनद्धारा चुनाव प्रचारमा बालबालिकाको प्रयोग



हिक्मत नेपाली, दैलेख । अगामी मंसिर २१ गते हुने प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा दलहरु चुनावी अभियानमा छन् । निर्वाचन नजिकिदै गर्दा दलहरुको चुनावी प्रचार प्रसारमा वालवालिका प्रयोग गरेको पाइएको छ । जिल्लाका विभिन्न क्षेत्रमा चुनावी प्रचार प्रसारमा व्यस्त रहेको दलहरुले बालबालिका प्रयोग गरेका हुन् । राजनितीक दल तथा उम्मेदवारहरुले निर्वाचन अभियानमा बालबालिकाको प्रयोग गर्नु निर्वाचन आचारसंहिता उल्लंघन हो । निर्वाचन आचारसंहिता विपरीत विभिन्न राजनीतिक दलले चुनाव प्रचार–प्रसारमा बालबालिकाको प्रयोग गरेका हुन् । बालबालिकाहरुलाई राजनीतिक दलको चुनावी ¥याली र सभामा खुलेआम प्रयोग गरिएका छन् ।
नेपाली कांग्रेस दैलेख क्षेत्र नं. २ द्धारा आयोजित चुनावी ¥यालीमा बालबालिकालाई प्रयोग गरेको छ । सोमबार नेपाली कांग्रेसले जम्बुकाँधमा आयोजना गरेको चुनावी आम सभामा निर्वाचन आचारसंहितालाई मिच्दै बालबालिकाको प्रयोग गरेको हो । बालबालिकाहरू कांग्रेसको झण्डा समाएर नारा लगाइरहेका थिए । नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धन, एमाले र माओवादी केन्द्रंको बामगठबन्धन लगाएका दलहरुले विभिन्न चुनावी ¥यालीहरुमा बालबालिका प्रयोग गरिरहेका छन् । चुनावी ¥यालीमा नाबालकसमेत हातमा झण्डा बोकेर हिँडेका देखिए । केन्द्रीय तहमा राजनीतिक दलले चुनावमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएपनि स्थानीय स्तरमा व्यापक प्रयोग भइरहेको छ । राजनीतिक दलका स्थानीय नेताहरूले बालबालिका आफ्नै रहरले दलका कार्यक्रममा आउने गरेको बताए ।
निर्वाचन आचारसंहिताले भने चुनावमा बालबालिकाको प्रयोगलाई बन्देज गरेको छ । आचारसंहितामा भनिएको छ “उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले ‘निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन हुँदेन् ।”
आगामी मंसिर २१ गते हुन लागेको प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनमा बालबालिकाको प्रयोग गरे नगरेको बारे अनुमगन समेत गरिएको छ । जिल्ला बालकल्याण समिति दैलेखले जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाका अनुगमन गरेको हो । अनुगमनमा गएका जिल्ला बाल कल्याण समिति दैलेखका सदस्य तथा राष्ट्रिय बाल संरक्षण संजाल प्रदेश नं. ६ का संयोजक हीरासिंह थापाका अनुसार निर्वाचन जिकिदै गर्दा दलहरुको प्रचार प्रसारमा बालबालिका प्रयोग भइरहेको बताए । कतिपय बालबालिका आफु खुसीसाथ दलको चुनावी कार्यक्रममा जाने गरेका छन । उनले भने “घरका अभिभावकले समेत आफ्नो छोरा छोरीलाई चुनावी कार्यक्रममा जाउँ भनेर लिने गरेको पायौ ।” जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा बाल संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले बालबालिका प्रयोग नगर्न दलहरुले आग्रह गरिरहेको छन् ।

 

प्रतिक्रिया दिनुहोस्