माओवादी केन्द्रका पोलिटव्युरो र दुई केन्द्रीय सदस्य कांग्रेस प्रवेश



नेपाल समाचारपत्र, डडेल्धुरा । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदबार जगत पार्की सहित १५ सय जना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
डडेल्धुराको अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्की सहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा इन्जार्च एवं केन्द्रीय सदस्यहरु जनक कलौनी, लक्ष्मि उप्रेती सहित १५ सय जना माओवादी कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिका लगाएर कांग्रेसमा स्वागत गर्नुभएको थियो । कार्यक्रम पछि पार्कीले माओवादी केन्द्रले जनअधिकारलाई छोडेर परम्परावादी शक्तिको रुपमा रहेको एमालेसाग एकीकरण गर्ने निर्णय गरेकाले लोकतान्त्रिक शक्तिको रुपमा रहेको कांग्रेसमा आफुहरु प्रवेश गरेको बताएका थिए । ‘माओवादीले हिजोको जनयुद्ध सबै पैसासँग साटिसक्यो’ पार्कीले भने, ‘अव यो मुलुकमा कांग्रेस बाहेक हरु राम्रा पार्टी नरहेकाले हामी कांग्रेस प्रवेश गरेका हौ ।’

 

प्रतिक्रिया दिनुहोस्