दाङमा विप्लवका बाह्र कार्यकर्ता पक्राउ, सुरक्षा ब्यवस्थामा कडाइ



नरेन्द्र केसी, दाङ । दाङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जना कार्यकर्ता पक्राउ परेका छन् ।
निर्वाचनबिरोधी गतिबिधि गर्नथालेको भन्द्र प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा युवक संगठनका केन्द्रीय सदस्य पाटन, पार्टीका जिल्ला सदस्यहरु निमबहादुर, भीम राना, छोटीलाल चौधरी, कार्यकर्ताहरु डिबी बोहरा, रिम बिम, चेतबादुर टमटा, आकाश बिक, डण्डीराम केसी, बिजय बिक, शान्तु चौधरी र भागीराम चौधरी रहेका छन् । जिल्लाका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।
चुनाव नजिकिएसँगै सरकारले सुरक्षा ब्यवस्था थप कडा बनाएको छ । छिमेकी जिल्लाहरु र अन्य जिल्लाहरुमा उम्मेदवारलाई लक्षित गरि बम आक्रमण बढेपछि दाङ प्रशासनले पनि सुरक्षा व्यवस्थालाई कडा पारेको हो । त्यसैगरी होटल सञ्चालन र मदिरा बिक्रिमा समेत प्रशासनले कडाइ गरेको छ । शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिनुका साथै जोखिम क्षेत्रमा सुरक्षाकर्मी परिचालन बढाएको दाङ प्रहरीले जनाएको छ । जिल्ला सुरक्षा समितिले नेपाल भारत सिमानादेखी चुनाब खारेजीको माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता माथी उच्च निगरानी बढाएको छ ।

विभिन्न जिल्लामा चुनाबी अभियानमा बम हमला हुने क्रम बढेपछि दाङ प्रशासनले दल तथा उम्मेदवारलाई कसरी सुरक्षित बनाउने भन्नेमा बिषेश ध्यान दिएको बताएको छ । दलहरुले उम्मेदवारलाई सहभागि गराएर गर्ने चुनावी कार्यक्रमको सबै खाका दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।
चुनावी अभियान तिब्र बनिरहदा र उम्मेदवारहरु व्यस्त बन्ने क्रममा सुरक्षाका लागि दाङमा प्रहरीले सुरक्षा गार्डको व्यवस्था गरेको छ । मन्त्री, पूर्ब मन्त्री सहित उच्च नेता सहित माग भए बमोजिम अन्य उम्मेदवारहरुलाई व्यक्तिगत सुरक्षा गार्डको व्यवस्था प्रहरीले गरेको छ । उम्मेदवारको सुरक्षाका लागि माग भए बमोजिम व्यवस्था गरिएको एसपी दुर्गासिंहले जानकारी दिनुभयो । अहिलेसम्म १२ जना उम्मेदवारले व्यक्तिगत सुरक्षाकर्मी लिनुभएको छ ।

आगामी मंसिर २१ गते हुने संघ र प्रदेशसभा सदस्य निर्बाचनका लागि हुने चुनाब लक्षित सुरक्षा संबेदनशिलतालाई तीन तहमा बर्गिकरण गरिएको छ । १ सय ५१ मतदान स्थल मध्य ६ वटा अति संबेदनशिल, १ सय २८ संबेदनशिल र १७ वटा मतदान स्थल सामान्य अबस्थामा रहेको एसपी सिंहले बताउनुभयो । त्यस मतदान स्थलमा अति संबेदनशिल क्षेत्रमा ४ प्रहरी र १० म्यादी, संबेदनशिलमा ३ प्रहरी ७ म्यादी र सामान्यमा ३ प्रहरी ५ जना म्यादी प्रहरी सुरक्षाका लागि खटिने छन भने त्यसमा शसस्त्र प्रहरी पनि थप हुने छ । सुरक्षाका लागि जिल्लाका ८ सय ३१ प्रहरी र थप बाहिरबाट २ सय ५१ जना र म्यादी १५ सय ९३ जना खटिने भएका छन् । यो सँगै नेपाली सेना, शसस्त्र प्रहरी र गुप्तचरहरु पनि चुनाबी सुरक्षामा परिचालन हुने सुरक्षा समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्