चुनावी कार्यक्रम नरोक्न प्रचण्डको निर्देशन


काठमाडौँ । सुपुत्र प्रकाश दाहालको निधनबाट शोकमा रहेका नेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी कार्यक्रम नरोक्न निर्देशन दिएका छन । प्रकाशको निधनका कारण विभिन्न जिल्लाका चुनावी कार्यक्रमहरु स्थगित भएको खबर आउन थालेपछि प्रचण्डले कार्यक्रम नरोक्न निर्देशन दिएका हुन । चुनावी सबै कार्यक्रमहरु सञ्चालन गर्न अध्यक्ष प्रचण्डले निर्देशन दिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले बताइन । प्रचण्डपुत्र प्रकाश दाहालको निधनको खबर सुनेपछि धेरै जिल्लाका मोओवादीका नेताहरु कार्यक्रम स्थगित गरेर काठमाडौं आएका छन् ।