प्रकाश दाहालको निधन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । आइतबार बिहान पाँच बजेर ३८ मिनेट जाँदा आफ्नै निवासमा अकस्मात हृदयघात भएका दाहाललाई नर्भिक अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेको पारिवारिक श्रोतले जनाएको छ ।

केहिबेरमा नर्भिक अस्पतालमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा जानकारी गराइने बताइएको छ । चुनावी प्रचारका क्रममा झापामा रहेका अध्यक्ष दाहाल छोरा प्रकाशको हृदय घातको खबर अएपछि सबै कार्यक्रम स्थगित गरी हेलिकोप्टर मार्फत काठमाडौ आउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्