सुन तस्करी रोकिएन, फेरी ट्वाइलेट पेपर भित्र लुकाएर ल्याएको १७ किलो सुन बरामद


दीपक रिजाल, काठमाडौं ।
चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको १७ किलो सुनसहित एक जनालाइ रसुवा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको टोलीले चीन र नेपालको नाका पार भएर नेपाल आउने तयारीमा रहेको १७ किलो सुनसहित १ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख शरद कुमार थापाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । प्रहरी बा ११ च ७९१८ नम्बरको सेतो बोलेरोमा ट्वाईलेट पेपर भित्र लुकाएर ल्याएको अबस्थामा उक्त सुन बरामद गरेको हो । प्रहरीले बा ११ च ७९१८ का चालक कासाङ दावा तामाङलाई पक्राउ गरेको छ ।