सामसङको डिजिटल प्लाजा सञ्चालनमा

0
Shares

 

काठमाडौं, (नेस)
सामसङको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले बौद्धको चुच्चेपाटीमा सामसङ डिजिटल प्लाजा सञ्चालनमा ल्याएको छ। नयाँ प्लाजामा सामसङका इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सका सामान पाइने कम्पनीले जनाएको छ। कम्पनीले बढ्दो मागलाई व्यवस्थित गर्न तथा ग्राहकलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादन उपलब्ध गराउने उद्देश्यका साथ सुविधा सम्पन्न प्लाजा चुच्चेपाटीमा सञ्चालन गरिएको हिम इलेक्ट्रोनिक्सले जनाएको छ। हिम इलेक्ट्रोनिक्स निर्देशक सीमा गोल्छा र सामसङका ब्रान्ड एम्बेस्डर ज्योत्सना योगीले संयूक्त रूपमा शोरुमको उद्घाटन गर्नुभयो। प्लाजामा सामसङका कभ्र्ड टिभी, एलईडी टिभी, मोबाइल फोन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभनलगायत उत्पादन पाइने छ।