टाटा मार्कोपोलो अल्ट्रा बस इटहरीमा सञ्चालन हुने

0
Shares

 

काठमाडौं, (नेस)
नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सद्वारा उत्पादित एलसीभी सेग्मेन्टकै उत्कृष्ट र सुविधासम्पन्न कम्पनी निर्मित बडी भएको मार्कोपोलो अल्ट्रा एलपीओ ७.५ टी ३४ एस १० थान बस सिप्रदी ट्रेडिङ प्रालिको इटहरी शाखाको हिमशिखर यातायात एन्ड ट्राभल टुर्स प्रालिलाई औपचारिक साँचो हस्तान्तरण गरेको छ।

साउन ६ गतेदेखि विराटनगरबाट काँकडभित्ता र धरानबाट काँकडभित्तासम्म उक्त सेवा सञ्चालनमा आउने यस गाडीमा सीसी टिभी क्यामेरा डेस्टिनेसन बोर्ड, एसईडी टिभी, युपीएसका साथै अन्य सुविधा रहेको हिमशिखर यातायात एन्ड ट्राभल टुर्स प्रालिका अध्यक्ष मनोजकुमार प्रधानले जानकारी दिनुभयो।

साँचो हस्तान्तरण कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका सीओओ राजेशप्रसाद गिरीले सिप्रदीको उद्देश्य गाडी बिक्री गर्नु मात्र नभई बिक्रीपछिको सेवा सुविधा उपलब्ध गराई उच्च ग्राहक सन्तुष्टि हासिल गर्नु हो भन्दै गाडीलाई कुनै पनि बेला अफ रोड हुन नदिन र छिटोभन्दा छिटो गाडीको मर्मत गरी सञ्चालन गराउनु रहेको छ साथै उहाँले गाडीलाई चाहिने आवश्यक स्पेयर्स पाट्र्स उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।