करेन्ट लागेर एकको मृत्यु

0
Shares

उर्लाबारी (मोरङ), ३० असार । मोरङको बूढीगंगा गाउँपालिका–५ स्थित हात्तीमुढा चौक नजिकै बिहीबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–२ बस्ने सुरेन्द्र तोदीको खेतीमा मजदुरी काम गर्ने दुहबी नगरपालिका–६ बस्ने ५५ वर्षीय रामचन्द्र शर्माको मृत्यु भएको हो ।

शर्मालाई पानी खाने क्रममा तोदीको खाली जग्गामा रहेको कलमा जडान गरेको मोटरबाट करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका शर्मालाई उपचारका लागी सामुदायिक अस्पताल दुहबी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । रासस