अधिकृत घुससहित पक्राउ


 

महोत्तरी, २९ असार । जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत नगिना रायलाई रु ४० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासको टोलीले आज अपराह्न कार्यक्रम अधिकृत रायको कार्यकक्षमा छापा मारी रकम बरामद गरिएको आयोगले जनाएको छ । रायलाई थप अनुसन्धानका लागि सम्पर्क कार्यालय बर्दिवासमा ल्याइएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।